Wednesday, June 10News That Matters

नजिकिँदै होली पर्व, गाईघाट बजारको चहलपहल

पूर्णपुष्टि,फागुन २१ । नेपालीहरले विशिष्ट रङ्गिन पर्वको रुपमा मनाउँने गरेको होली पर्व भन्नोबित्तिकै धेरै उत्साहित हुन्छन् । एउटा बेग्लै खाले उमंग बोकेर आउने होली पर्वले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उत्साहित बनाउने गरेको छ ।

हिन्दु धर्मबलम्बीहरुको महान पर्व फागू पूर्णिमा अर्थात होली पर्व यस वर्ष फागुन २२ गते पहाडी होली र २३ गते तराई होली पर्व परेको छ । होली नजिकिएसँगै गाईघाट बजारका कपडा पसलहरुमा होली लक्षित कपडा, रङ, अबिर, पिचकारी देखिन थालेका छन् ।

बालबालिका रङ, पिचकारी किन्न अभिभावकसँगै बजार पुगेको देखिन्छ । तर अघिल्ला वर्षमा जस्तो धेरै चहलिपहल भने अहिलेसम्म देखिएको थिएन् । होलीको मुख्य दिन नजिकिंदै गर्दा यसपटक व्यापार ठिकठाकै भएको व्यवसायीहरुको अनुभव छ ।

फागु पूर्णिमाको दिन मनाउने बिशेष यो पर्वमा उदयपुरको गाईघाटका सडक छउँ छाउँमा अवस्थित कपडा पसलहरुले सानो र ठुला गरि दुई साइजको होली कपडा वितरण गरिरहेको छ । जस्मा ठुलो होली टि–सर्ट रु,१५० छ भने साने टि–सर्टलाई १०० पर्ने व्यापारीहरु बताउँछन् ।