Thursday, May 28News That Matters

नदीले बगाएर बेपत्ता १ जना मृत फेला

ताप्लेजुङ, बैशाख २१ गते ।

गत बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराईको मनोज काम्बाङ मृत फेला परेको छ । आठराई त्रिवेणी गाउँपालिका–२ निबासी १७ बर्षीय काम्बाङ हराएको १० दिन पछी मृत फेला परेको प्रहरीले जनाएको छ ।

नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ को ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।