
पूर्णपुष्टि, जेठ २५ । गाईघाटस्थित नबिल बैंक, शाखाकाे एटिएम गएराती चाेरी प्रयास भएकाे छ । एकजना चाेर तत्कालै पक्राउ परेका छन्। मध्येरातमा चाेरले एटिएम काेठामा प्रवेश गरेर छिनाे हम्मरले फुटाउन काेसिस गरेेकाे हाे । चाेरकाे गतिविधि सिसि क्यामेरामा देखेपछि सुरक्षा गार्डले शाखा मेनेजरलाई खबर गरेका थिए । तुरुन्तै प्रहरीलाई खबर भएपछि चाेर पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख एसपी भिम दाहालले बताउनुभयाे । सुरक्षा गार्डले चाल पाएकाे थाहा पाएपछि चाेर बैकबाट भागेकाे अबस्थामा बजारबाट पक्राउ परेका थिए । घटनाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । एटिएममा सामान्य क्षति भएकाे तर, पैसा चाेरी नभएकाे बैंकका शाखा मेनेजर रेवती पाैडेलले जानकारी दिनुभयाे ।
