Tuesday, June 9News That Matters

उदयपुर- काेराेना खबर अपडेट | २४ जेठ, ०७८ : विस्तृत खबर

१.

उदयपुरमा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । ६५ जनाको परिक्षण गर्दा ६ महिला र १० पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु चौदण्डीगढीको १४, कटारीको १ र लिम्चुङबुङको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १११ रहेको छ । संक्रमितहरु मध्ये १ हजार ५७ जनाको होम आइसोलेशनमा र ५४ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।

उदयपुरमा आज ३५ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुनेमा त्रियुगाका २१, चौदण्डीगढीको १२, बेलकाको १ र उदयपुरगढीको १ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३६३ पुगेको छ । आज थपिएको संक्रमित भन्दा निको हुनेको संख्या बढी हो ।

आज पनि २ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । बेलका नगरपालिका वडा नं. ५ का ५१ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको विराट मेडिकल कलेजमा हिजो मृत्यु भएको जनाइएको छ । त्यसैगरी कटारी नगरपालिका २ को अर्का एक २८ वर्षिय महिलाको मृत्यु भएको हो । उनको नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको जनाइएको छ । कटारीकी महिला उदयपुरको हालसम्मको मृत्यु हुने मध्येको कम उमेरकी हुन् । योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । जसमा १५ महिला र ३१ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेको ठूलो संख्यामा त्रियुगाको अग्रस्थान कायमै छ । त्रियुगामा २४ जना हो भने चौदण्डीगढीमा ९ रहेको छ भने कटारी र बेलकामा ४/४ पुगेको छ । उदयपुरगढीमा ३ पुगेको छ । कटारी ३, रौतामाई १ र लिम्चुङबुङ १ जनाको मृत्यु संख्या रहेको छ । ताप्ली गाउँपालिकाम मृत्यु छैन ।

उदयपुर निशेधाज्ञको आज ३१ औ दिन प्रशासनले बजार क्षेत्रमाथिको भिडभाडप्रति कडाइ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रियपूर्वक खटेर अनावश्यक हिड्डुल तथा सवारी साधनमाथि कडाइ गरेको छ ।

प्रहरीले अनावश्यक निस्केका सयभन्दा बढि सवारीलाई कारवाही गरेको छ । ५९ वटा सवारीको चावी नियन्त्रण लिएर बेलुका ६ बजे छाडेको छ भने ३१ वटा सवारी जरिवानामा परेका छन् । जरिवानावापत आजमात्र २३ हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

सर्बसाधारणलाई सम्झाई बुझाई छाड्दै आएपनि पटक पटक निशेधाज्ञ उलंघन गरेको पाइएकाले कारवाही तथा कडाइ थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताउनुभयो ।

एसपी दाहालका अनुसार, खाद्यान्न, औषधि जस्ता अतिआवश्यक काममा हिडेकालाई सोधपुछ गरी छाडिएको छ । तर विभिन्न वाहानामा घुम्न डुल्न वा ब्यक्तिगत काममा निस्केकाहरुलाई कडाई गरिएको उहाँले बताउनुभयो ।

अव देशको कोरोना अपडेट 

नेपालमा आज ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ

नेपालमा आज ४ हजार ४७२ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल संख्या ५ लाख ९१ हजार ४९४ भएको छ । आज ९२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ९९० पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ । आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ ।

अव विश्व कोरोना अपडेटको पालो

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४० लाख ५४ हजार ३१४ पुगेको छ । निको हुनेको संख्या १५ करोड ७० लाख ७२ हजार ४११ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ४४ हजार ११६ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ३२ लाख, ३७ हजार ८७८ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।

अव, कोरोना विरुद्ध गतिविधि खबर

कोभिड १९ खोप समन्वय तथा अनुगमन समितीले हाल सरकारले तोकेको लक्षित वर्ग ६२ देखि ६४ वर्ष उमेर समुहकालाई मात्र खोप लगाउने कुरालाई कडाइका साथ लागु गर्ने निर्णय गरेको छ ।

भिडभाड बढ्न सक्ने र स्वास्थ्यकर्मीहरुलाई दवाव बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै हरेक खोप केन्द्रमा प्रहरीसमेत परिचालन गर्ने निर्णय भएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरन्जीवि निरौलाका अनुसार कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल हाल ८ वटै पालिकाहरुमा केन्द्र तोकी लगाइनेछ । साथै फरकफरक मिति तोकिएको छ । कटारी अस्पतालमा जेठ २६ र २७ गते, उदयपुरगढी गाउँपालिका, नगरअस्पताल बेल्टार, नगर अस्पताल रामपुरमा २५ र २६ गते । ताप्ली गाउँपालिकामा २७ र २८ गते, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा २८ र २९ गते तोकिएको छ । जिल्ला स्पताल उदयपुरमा भने २७, २८, २९ र ३० गते लगाइनेछ । खोप लिन जाँदा नागरिकता वा अनिवार्य उमेर खुल्ने कागजात लिएर जानुपर्ने जनाइएको छ ।

कोरोना महामारी पछि स्थानीय सरकार विकास गतिविधिका कामलाई दोस्रो स्थानमा राख्दै नागरिकलाई कोरोनाबाट बचाउने काममा लागी परेको छ । विकास भन्दा पहिले नागरिकहरुको जीवनको सुरक्षा भएकाले स्थानीय सरकार कोरोना विरुद्ध जुटेको अवस्था छ ।