Tuesday, June 9News That Matters

बिक्रमजंग शाहलाई कोभिड–१९, २०२१ हिरो अवार्ड

पूर्णपुष्टि, जेष्ठ २४

राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक कलाकार, गायक चलचित्र निर्माता बिक्रमजंग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनुभएको छ ।

कोभिडको महामारीमा दीन दुःखीको सेवामा अहोरात्र खटिएका राष्ट्रिय संगितकर्मी संघका महासचिव तथा लोकदोहोरी गायक बिक्रम जङ्ग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनु भएको हो ।माहामारीको विषम परिस्थितिमा पनि आफ्नो अमुल्य ज्यानको बाजी थापेर दिनदुखी गरिबीहरुलाई खाद्यन्न उपलब्ध गराउँदै सयौँ गरिबीहरुलाई रोगमरी भन्दा पनि भोगमरीबाट बचाउन बिषेश भुमिका खेलेको भन्दै संघले  कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मान गरेको हो ।

शाहलाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड हिरो अवार्ड २०२१ बाट सम्मान गरेको हो । शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट  सम्मनित भईसकेका व्यक्ति पनि हुन् ।हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्था र कलाकर्मी हरुको साझा घर राष्ट्रिय संगित कर्मी संघको सहकार्यमा बिगत १ महिनादेखि निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भैरहेका छन् । शाहको यो अमूल्य योगदानको कदर स्वरुप हामी नेपाली ग्लोवल संस्थाले अवार्डले सम्मान गरेको संस्थाका अध्यक्ष अमृत लामाले बताएका छन् ।

मानिसको आधारभुत आवश्यकता भनेको गाँस, बास र कपास भएकाले सो को प्रत्याभुती राज्यले गर्नुपर्ने र बिषम परिस्थितीमा हामी जस्ता संघ संस्था र नागरिक समाजको पनी कर्तव्य हुन आउने बताउने शाह यस्तो महामारीको समयमा भोकालाई भोजन खुवाउन र राहत बाँडेर गरीब असहायको पीडामा मल्हम लगाउन पाउँदा आफूलाई खुशी लाग्ने बताउँछन् । शाह अवार्डले आफूलाई समाजसेवामा लागि दीन दुःखीको सेवामा समर्पित हुन प्रौत्साहन मिलेको बताउँछन् ।