नमुना मावि भलायडाँडामा भित्तेपत्रिका प्रकाशन

पूर्णपुष्टि (उदयपुर), पुस २२ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका स्थित नमुना माध्यामिक विद्यालय भलायडाँडाले विद्यार्थीहरुलाई भित्ते पत्रिका तालिम दिएको छ । विद्यार्थीहरुलाई सुचना र प्रविधिमा पनि जानकार बनाउन दुईदिने भित्ते पत्रिका तालिम दिएको हो ।

विद्यालयका प्रधानाध्यापक देवीबहादुर राईका अनुसार कक्षा ११ र १२ का १५ जना छात्र–छात्रालाई तालिम दिइएको हो । उनीहरुले विद्यालयमा नियमितरुपले द्वैमासिक भित्ते पत्रिका प्रकाशन गर्नेछन् । भित्तेपत्रिकामा विद्यालयको शैक्षिक समाचारका साथै कथा, कविता जस्ता साहित्य सिर्जनामार्फत शिक्षा, स्वस्थ्य सन्देश प्रकाशन गर्नेछन् । साथै सामाजिक गतिविधिहरुसमेत समेट्ने छन् ।

तालिममा नमुना भित्ते पत्रिका प्रकाशन गरिएको छ । तालिमका सहभागिहरुले दुईदिनसम्म सिकेर तयार पारेको भित्ते पत्रिकामा सुचनामुलक समाचार तथा सन्देशमुलक कथा, कविता, गजल, लेख आदि प्रकाशित छन् । चित्र, कार्टुन, चुट्किला जस्ता मनोरञ्जनात्मक सामग्रीसमेत प्रकाशन भएका छन् । भित्तेपत्रिकाले विद्यार्थीहरुलाई सिर्जनशिल बनाउने ठाउँ दिएको सहायक प्रधानाध्यापक सुर्यवहादुर पोखरेलले बताए । भित्तेपत्रिकाको नाम “दियालो” रहेको छ । तालिमका सहभागिहरुलाई शुभकामना दिदै शिक्षिका गितादेवी कोइरालाले भित्तेपत्रिकाले विद्यालयमा दियो जस्तै सधै उज्यालो दिने विश्वास ब्यक्त गरिन् ।
तालिमका तस्विरहरु :


पूर्णपुष्टिका सम्पादक/प्रकाशक एवम् एभिन्यूज तथा गोरखापत्र दैनिकका सम्बाददाता भोटराज राईले तालिम दिएका थिए । विद्यालयमा भित्तेपत्रिका प्रकाशनलाई संस्थागत गरिने तालिमकी सहजकर्तासमेत रहेकी शिक्षिका हरिकला विष्ट बताइन् । विद्यालय प्रकाशक रहनेगरी भित्ते पत्रिकाका पाँचजनाको सम्पादक समुह, ब्यवस्थापक र सम्बाददताहरु बनाइएको उनले बताइन् । सहभागिहरुले भित्तेपत्रिकालाई नमुना विद्यालयको नमुना भित्तेपत्रिका बनाउने प्रण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: