Friday, May 15News That Matters

‘नमेटिने घाउ’ सार्वजनिक

भदौ २३ गते । 

घाईते योद्धा प्रतिष्ठानले दशवर्षे जनयुद्धका काल खण्डको गतिविधिलाई समेटेर ‘नमेटिने घाउ’ कथा सार्वजनिक भएको छ । जनयुद्धको दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको हो ।

घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित र राजेन्द्र किराँतीद्वारा सम्पादित पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका सङ्घर्षका गांथा समाविष्ट गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले वताए ।  कुल २ सय ७० पृष्ठ रहेको पुस्तकको नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले चिरफार गरेका थिए ।