
भदौ २३ गते ।
चौथो टेष्टमा इंग्ल्याण्डलाई भारी रनलेपछि पार्दै अस्ट्रेलियाले जित हात पारेको छ । ओल्ड ट्राफोटमा भएको खेलमा अस्ट्रेलियाले १ सय ८५ रनले इंग्ल्याण्डलाई पछि पार्दै एसेज श्रृंखलाको रक्षा गरेको हो ।
पाँचौ दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि ठुलो प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म रहेको थियो ।
३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८–२ को स्थितिबाट पाँचौं तथा निर्णायक दिनको सुरुवात गरेको थियो । जोय डेनलीले ५३ रनको पारी खेले पनि जेसन रोय, जोनी बेरिस्टो र जस बटलर रक्षात्मक बने । ओभरटनले क्रिजमा रहेर १ सय ५ बलको सामना गरेका थिए ।
अस्ट्रेलियाली तीव्र बलरको आक्रमण भने एकपछि अर्को बलमा चुस्त देखिएको थियो । प्याट कुमिन्सले ४–४३ को सानदार प्रदर्शन गरेका थिए ।
