
१.
उदयपुरमा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । ६९ जनाको परिक्षण गर्दा ८ महिला र १४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १३ र कटारीका ९ जना रहेका छन् । उदयपुरमा सक्रिय संक्रमितको संख्या ५११ रहेको छ । चारदिन यता सक्रिय संक्रमित घट्दो छ । संक्रमितहरु मध्ये ४५९ जनाको होम आइसोलेशनमा र ५२ जनाको संस्थागत आइसोलेशना उपचार भइरहेको छ ।
२
उदयपुरमा आज ८३ जनाले कोरनालाई जितेर निको भएका छन् । निको हुनेमा त्रियुगाको २०, कटारीको २१, चौदण्डीगढीको ६, बेलकाको २७, रौतामाईको ५ र लिम्चुङबुङको ४ जना हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या १ हजार १९५ पुगेको छ । पछिल्लो समय निको हुनेको संख्याले फड्को मारिरहेको छ । चारदि यता ठूलो संख्यामा निको भएका छन् ।
३
उदयपुरमा आज १ जना मृत्य हुनेको संख्या थपिएको छ । योसंगै जिल्लाको मृत्यु संख्या ४७ पुगेको छ । १५ महिला र ३२ पुरुष गरी ४६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैभन्दा बढि त्रियुगाका रहेका छन् । त्रियुगाको २५, चौदण्डीगढीको ९, कटारी र बेलकामा चारचार जना, उदयपुरगढीको ३, रौतामाई र लिम्चुङबुङमा १, १ जना रहेका छन् । हालसम्म ताप्लीमा मृत्यु छैन ।
४
त्रियुगा नगर कार्यपालिका सदस्य तथा १६ नम्बर वडा सदस्य गोमा कार्कीलाई पतीशोक परेको छ । कोरोनाका कारण उहाँको श्रीमान्को निधन भएको हो । उहाँको श्रीमान् ३९ वर्षिय टंकनाथ कार्कीको कोशी कोरोना अस्पताल विराटनगरमा उपचारको क्रममा गएराती निधन भएको जनाइएको छ । जेठ १७ गते परिक्षणमा कोरोना संक्रमन देखिएपछि भोलीपल्ट नै विराटनगर लगिएको थियो । वहाँको शब आज सुकौरास्थित घर ल्याइ नजिकै खोलामा अन्त्यस्टी गरिएको छ ।
यसैबीच उहाँको निधनप्रति वडा कार्यालयले शोक ब्यक्त गरेको छ । वडाध्यक्ष मानबहादुर राईले विज्ञप्ती जारी गर्दै शोक ब्यक्त गर्नुभएको हो । १०९ जना संक्रमित रहेको सो वडामा मृत्यु हुने कार्की पहिलो ब्यक्ति हुन् ।
५
नेपालमा आज २ हजार ४०७ जना संक्रमित थपिएका छन् । योसंगै संंक्रमितको कुल सख्या ६ लाख २८ हजार ९४२ भएको छ । नेपालमा आज ३ हजार ९९४ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ
आज ४६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ८ हजार ४१२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ४२५ रहेको छ ।
यो एकमहिनाको अवधिमा मृत्यु हुनेको संख्या आज सबैभन्दा कम आएको हो । जेठ ५ गते एकैदिनमा २४६ जना थप भएको थियो । त्यसयता हिजो एकदिनमा ६१ जना थपिएको थियो । आज त्यो भन्दा पनि कम ४६ जना थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्ड हेर्दा यो महिला संक्रमित हुनेु र मृत्यु हुनेको उच्चदर भएको महिला हो । पछिल्लो समय निको हुनेको संख्या बृद्धि हुदै गएको छ भने मृत्यु हुनेको संख्या कम हुदै गएको छ । संक्रमण दर पनि कम हुदै गएको देखिन्छ । तर, संक्रमणको स्थिति जोखिमपूर्ण अवस्थामै रहेकाले ढुक्क भइहाल्ने बेला नरहेको जनाइएको छ ।
देशमा दैनिक संक्रमण दर थपिने क्रम पनि क्रमशः घट्ने क्रममा एकमहिना भित्रमा आज सबैभन्दा कम संख्या २ हजार ४०७ जना थपिएका छन् । जेठ ३ गते ९ हजार २४७ जना एकैदिनमा संक्रमित थपिएको थियो । त्यसअघि वैशाख २९ गते ९ हजार ३०५ जना थपिएको रेकर्ड छ । हिजो एकदिनमा ३ हजार ३८४ जना थपिएको थियो । त्यो भन्दा कम आज संक्रमित थपिएको हो ।
६
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ६४ लाख २२ हजार ३८७ पुगेको छ । निको हुनेको संख्या १६ करोड ०३ लाख ९६ हजार ३०० पुगेको छ । मृत्यु हुनेको संख्या ३८ लाख १० हजार ९५२ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २२ लाख, १५ हजार १३५ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या पनि क्रमश घट्दो रहेको छ ।
७
गत जेठ २५ देखि आजसम्म लगाइएको ६१ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको पहिलोचरणको खोपमा पछिल्लो दुईदिनमा उल्लेख्य सहभागिता रह्यो । जिल्ला अस्पताल उदयपुरमा पछिल्लो दुईदिनमा जेष्ठ नागरिकहरुको ठूलो घुइचो लागेको हो । त्रियुगा नगरपालिकाको १६ वटै वडाका लागि अस्पतालमै केन्द्र तोकिएको थियो । आजमात्र ३५० महिला र २५० पुरुष गरी ६०० जना जेष्ठनागरिकहरुले खोप लगाए । जिल्ला अस्पतालमा २७ सुरुदिन १६०, २८ गते २१३ र २९ गते ३८३ जना गरी कुल १ हजार ३५१ जनाले खोप लगाएका छन् । जसमा ६९३ महिला र ६५८ पुरुष रहेका छन् ।
अन्य पालिकाहरुको हकमा पालिकामै केन्द्र तोकी खोप लगाइएको छ । पहिलो चरणको कोभिड १९ विरुद्धको चाइनिज भ्याक्सिन भेरोसिल जिल्लाको आठै पालिकामा खोप कार्यक्रम सन्चालन गरिएको हो । जिल्लाभरको खोपको विवरण संकलन कार्य भइरहेको स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरन्जीवि निरौलाले बताउनुभयो ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा ५ हजार खोप आएको हो । तोकिएको अवधिमा उब्रेको खोपलाई प्रशासनमा बैंठक बसी निर्णय अनुसार अग्रस्थानमा खटिने बर्गलाई लगाइने जनाइएको छ ।
८
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज निशेधाज्ञ अवहेलना गर्ने ३१ वटा सवारी साधनलाई कारवाही गरेको छ । अनावश्यकरुपमा चलेका सवारी साधनलाई चेकजाँच गरी कार्वाही गर्ने गरेको छ । प्रहरीले कोरोनाविरुद्धको जनचेतना मुलक कार्यक्रम पनि जारी राखेको जनाएको छ ।
९
निशेधाज्ञमा खान समस्यामा परेको त्रियुगा नगरपालिका वडा नम्ब १५ की पुष्पा नेपालीको परिवारलाई सहारा फाउण्डेशनले खाद्यन्न सहयोग गरेको छ ।
पाँच सन्तानकी आमा ३१ बर्षिया पुष्पालाई खाद्यन्न संकट परेपछि सहयोग गरिएको हो । सात बर्षअघि श्रीमान गुमाएकी उनी ज्यामी काम गर्दै परिवारको पेट भर्ने गरेकी थिइन् ।
