Monday, July 13News That Matters

नयाँ नागरिकतामा आमाको नाम अनिवार्य

पूर्णपुष्टि, साउन ६ । जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता प्रमाणपत्रमा अनिवार्य रूपमा आमाको नाम समावेश गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले मंगलबार एक सूचना जारी गदै नेपाल नागरिकता नियमावली २०६३ को अनुसूची १ बमोजिम वडा कार्यालयहरूबाट नयाँ नागरिकताका लागि सिफारिस गर्दा आमाको नाम खाली राखेर पठाउने गरिएको भन्दै आमाको नाम समेत समावेश गर्न अनुरोध गरिएको छ ।

सुचनामा ‘सिफारिसमा आमाको महल खाली राखेर आउने गरेकाले नागरिकता प्रमाणपत्रमा आमाको नाम उल्लेख नहुने गरेको भन्दै अब उप्रान्त अनलाइन प्रणाली मार्फत सिफारिस हुने नयाँ नागरिकता अनुसूची फारामहरूमा आमाको नागरिकता बमोजिमको नाम उल्लेख गरी पूर्ण विवरण भरेर पठाउन अनुरोध गरिएको छ ।

सनाखतका लागि वडा कार्यालय पुग्ने व्यक्तिलाई आमाको सक्कल नागरिकता अनिवार्यरूपमा साथमा लिएर जान जानकारी गराउन पनि अनुरोध गरिएको छ । सबै स्थानिय तहहरुलाई वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई यस विषयमा जानकारी गराउन सुचना मार्फत अनुरोध गरिएको छ ।