
पूर्णपुष्टि, चैत्र १२ । त्रियुुगा नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिइ फिर्ता पठाइएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातदिन भित्रमा नयाँलाई हाजिर गराउन पत्र लेखेको छ । चैत ९ गते लेखेको पत्रमा सोही अवधिमा पुरानो प्रमुख प्रशासकीय अकिकृतलाई रमना दिइ पठाउन भनेको छ । मन्त्रीस्तरको निर्णयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई त्रियुुगामा खट्न र पुरानोलाई अन्यत्र तोकी खटाइएको ठाउँमा रमना लिई जान निर्देशित गरिएको छ । त्रियुुगाका मेयर बसन्त बस्नेतले भने आफुुलाई मञ्त्रालयको सो विवरणको पत्र प्राप्त नभएको बताएका छन् ।
मञ्त्रालयले गत माघ २७ गते पुरानो प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा खटाएको छ भने सिन्धुलीको दुुधौली नगरपालिकाबाट सञ्जयबहादुर राजलवटलाई त्रियुुगामा सरुवा गरेको थियो । फागुन २६ मा मेयर बस्नेतले त्रियुुगाबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत राजलवटलाई हाजिर गराउन नसक्ने पत्रसहित फिर्ता पठाएको थियो । पालिकामा कार्यालय प्रमुख नहुुँदा सेवाग्राही मारमा छन् । पालिकाबाट सञ्चालन हुने आर्थिक, सम्झौता लगायतका महत्वपूर्ण कामहरु रोकिएर सेवाग्राही मारमा परेका छन् ।

