
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको केन्द्र बाराहा स्थित कटुवाल भन्ज्याङ राई चोकमा आज हाटबजार उद्घाटन भएको छ । त्याहाँ पहिलो पटक लगाईएको हाटबजारको उद्घाटन पालिका अध्यक्ष मेजरकुमार राईले गरे ।
हाटबजारमा स्थानिय उत्पादन प्रदर्शनि तथा बिक्री गरिएको थियो । आलु, कोबि, केरा, साग, खुर्सानी लगाएतका स्थनिय उत्पादनहरु बिक्रीका लागी राखिएको बजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले नागरिकको आर्थिक अवस्थामा टेवा पुर्याउने उदेश्यले हाटबजार लगाईएको बताए । लिम्चुङबुङको अर्गानिक उत्पादन गाईघाट बजारसम्म अत्याधिक माग रहेको उनले बताए । यस्तो मागलाई याहाँका कृषकहरुले पुरा गर्न सके आर्थिक समृद्धि हुने बताए । सामान्य रुपमा सुरु गरिएको हाटबजार भविष्यमा ठुला व्यापारी केन्द्र बन्न सक्ने उनले बताए । त्यसै गरी पालिका उपाध्यक्ष पुष्पकुमार राईले जनताको आर्थिक र सामाजिक अवस्था सुधारमा टेवा पुर्याउने उदेश्यले कृषि उत्पादनमा जोड दिदैँ हाटबजारको सुरुवात गरेको बताए । उक्त हाटबजार ५ दिन सम्म सञ्चालन हुनेछ ।

त्यस्तै रौतामाई गाउँपालिकाको वडा नं १ माचखर्कमा पनि हाटबजार लगाईएको छ । द्धन्द्धकाल पश्चात पहिलो पटक लगाईएको हाटबजार नयाँ बर्ष २०८० सालको अवसरमा लगाईएको हो । माचखर्कमा लगाईएको हाटबजारको उद्घाटन रौतामाई गाउँपालिका अध्यक्ष बिरेन्द्र मगरले गरेका हुन् । हाटबजारको उद्घाटन गर्दै अध्यक्ष मगरले कृषी बजारलगाईएपछि स्थानिय उत्पादन बिक्री गर्न कृषलाई सहज भएको बताए । उनले कृषकहरुको उत्पादनलाई बजारीकरण गर्नका लागी कृषी हाटबजार लगाईएको जनाए । उक्त स्थानमा महिनाको १ र १५ गते हाटबजार लगाउने बजार व्यवस्थापन समितिका अध्यक्ष गन्जु शेर्पाले जनाए ।

प्रहरी बिट उद्घाटन
नयाँ बर्षको अवसरमा पालिकाको केन्द्र बाराहा स्थित कटुवाल भन्ज्याङ राई चोकमा प्रहरी बिटको उद्घाटन भएको छ । बिटको उद्घाटन पालिका अध्यक्ष मेजरकुमार राईले गरे । राईले बिटको ताला चाबी प्रहरीलाई हस्ताण्तरण गरे ।
