
पूर्णपुष्टि,फागुन ५ । चौदण्डीगढी–४, स्थित नारद आदर्श शिक्षा क्याम्पस बसाहाका नव नियुक्त क्याम्पस प्रमुख राजकुमार राईले आज पदभार ग्रहण गरेका छन् । शुक्रबार क्याम्पस प्रशासनको वधाइ तथा स्वागत कार्यक्रमपछि राईले पदभार ग्रहण गर्नुभएको हो ।
गत माघ २१ गते संञ्चालक समिति साथै स्थानीय सरोकारवालाहरुबीच छलफलको निष्कर्ष अनुसार राईलाई क्याम्पस प्रमुखमा नियूक्त गरेका थिए । नव नियुक्त राई ०६७ भदौ २७ देखि त्यही जाल्पा माध्यमिक विद्यालयमा निमावि तहको अंग्रेजी विषयमा सरकारी विद्यालयमा भने पहिलो पटक शिक्षककोरुपमा नियुक्ती पाई अध्यापन गर्दै आएका थिए ।
कुशल शिक्षण पेशा गर्दै आएका उनले आन्तरिक समस्याका कारणले ०७७ चैत ५ मा प्रअबाट राजिनामा दिएको थियो । स्थानीय सामजिक व्यक्तित्वहरुको सल्लाह सुझावमा राई पुःन शिक्षण पेशालाई निरन्तरता दिने भएको उनको भनाई छ ।
