
पूर्णपुष्टि/बैशाख, १२
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि दिनानु दिन बढ्दो छ । नेपालको सबै भन्दा बढी संख्यामा संक्रमणको रुपमा देखा परेको उदयपुर लिल्ला अहिले देशकै चासको जिल्ला बन्न पुगेको छ ।
यतिवेला याहाँका नागरिकहरु अन्य जिल्लाका नागरिकहरु भन्दा थप चपेटा त्रास र समस्यामा परेका छन् । संक्रमण बढे सँगै यहाँको जनजिवन दयनिय छ । जिल्लालाई अन्य स्थान भन्दा उच्च सुरक्षाको निगरानी र घेरामा राखिएपछि यहाँको जनताहरुमा विभिन्न समस्याहरु थपिएको छ ।
यहाँको जनताहरु अहिले त्रासमय बन्न पुगेको छ भने विपन्न परिवारहरु खानको चपेटामा छ । यतिवेला जनताहरुले थप सुरक्षा, प्रभावकारी लकडाउन र लकडाउनमा परेका विपन्न जनताहरुलाई खाद्यन्नको व्यवस्थाको समस्या रहेको नगरिककर्मी तथा नागरिक अगुवा परमेश्वर घिमिरेले बताउनुभयो ।
उहाँले यो समस्या उदयपुरको र १ नं प्रदेशको मात्र नभई देशकै समस्या रहेको भन्दै प्रदेश र संघिय सरकारले पनि घम्भिरताका साथ ध्यानाकर्षण गर्न अनुरोध गर्नुभएको छ ।
उदयपुरका जनताहरुले बिषेशगरी यतिवेला आफुहरुलाई सुरक्षा महसुस गर्ने वातावरण गराउन लकडाउनलाई प्रभावकारी बनाउन पनि अनुरोध गर्नुभयो । घिमिरेले विषेश गरी यो समस्याको समयमा धेरै विपन्न तथा दैनिकी ज्यालामजदुरी नागरिकहरु थप चपेटामा परेको भन्दै त्यस्तो परिवार तथा व्यक्तिहरुलाई तत्काल सरकार तथा सम्बन्धित पक्षहरुले खाद्यन्न व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय सरकारको क्षमता अनुसार कामहरु भइरहेको महसुस गर्दै यो समस्यामा प्रदेश र संघिय सरकारले पनि चासो देखाउनु पर्ने बताउनुभयो । उहाँले तत्काल कोरोना उपचार सामाग्रीहरु पनि जुटाउन प्रदेश र संघियका सम्बन्धित पक्षहरुलाई अनुरोध गर्नुभएको छ ।
उहाँले सबै नागरिकहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि अनुरोध गर्नुभयो । याहाँ धरै मानिसहरु काम विना निस्कनाले धेरै आवश्यक काम पर्ने व्यक्तिहरुलाई समस्या परेको भन्दै वडा टोलहरुमा त्यस्ता व्यक्तिहरुको पहिचान गरी समय निर्धारनको आधारले आवश्यक काममा पनि सहज बनाउन अनुरोध गर्नुभयो । र नागरिकहरुले लकडाउनको पालना गरी यो रोग नियन्त्रणमा पूर्ण सहयोग गर्न र आफ्नै लागि सुरक्षा गर्न समेत नागरिकहरुलाई अनुरोध गर्नुभयो ।
