
पूर्णपुष्टि, वैशाख १२ ।
नागरिक सुरक्षाका लागि अग्रपंतीमा खट्ने सुरक्षाकर्मी अहिले कोरोना भाइरस संक्रमण विरुद्धको अभियानमा पनि अग्रपंतीमै खटिरहेका छन् । कोरोनाको संक्रमणको उच्च जोखिममा पनि खट्ने उनीहरुको स्वास्थ्य सुरक्षामा टेवा पुगोस् भन्ने हेतुले २०५५ एसएलसी ब्याजी समुह, गाइघाटले सुक्रबार सेनीटाइजर र मास्क उपलब्ध गराएको छ ।
सशस्त्र प्रहरी बल हेड क्वाटर, ५ नम्बर गण उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई सेनिटाइजर र मास्क समुहको तर्फबाट उपलब्ध गराएका हो । सशस्त्र प्रहरीलाई ६० थान सेनीटाइजर र ३ सय थान मास्क तथा नेपाल प्रहरीलाई ६० थान सेनीटाइजर र २ सय मास्क उपलब्ध गराएको समुहले जनाएको छ ।

समुहका संयोजक सुनिल पोखरेल, सदस्यहरु उद्धव अधिकारी, राजेन्द्र अधिकारी र भोटराज राईले सशस्त्र प्रहरीका गणपती एसपी गाहरधन राई र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरलाई सामान हस्तान्तरण गरे । जिल्लामा नै कोरानो संक्रमण देखिएको अवस्थामा सुरक्षाकर्मीहरु थप सम्बेदनशिल र सक्रियताका साथ खट्नु पर्ने भएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा थोरै भएपनि सहयोग पुर्याउन समुहको तर्फबाट यस्तो सहयोग प्रदान गरिएको संयोजक पोखरेलले बताउनुभयो ।

सशस्त्र प्रहरीका एसपी राई र जिल्ला प्रहरी प्रमुख एसपी मगरले समुहले सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि गरेको सहयोगको कदर गर्नुभयो । यसले सुरक्षाकर्मीलाई थप हौसला र उच्च मनोबलका साथ काम गर्ने प्रेरणा मिल्ने बताउनुभयो ।
सुरक्षाकर्मीहरुलाई १५ हजार बराबरको सामाग्री प्रदान गरेको ०५५ व्याजी समुहले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसअघि त्रियुगा नगरपालिका ९ नम्बर वडा कार्यालयसंगको समन्वयमा २० हजार बराबरको खाद्यन्न विपन्न वर्गलाई वितरण गरेको थियो ।
