Friday, October 4News That Matters

नापी प्रमुख घुससहित रंगेहात पक्राउ

पूर्णपुष्टि/उदयपुर, चैत २९ गते

-अख्तियार अनुसन्धान आयोग शाखा इटहरीको एक टोलीले सेवाग्राहीबाट घुस लिदै गर्दा उदयपुरका एक कार्यालय प्रमुखलाई बिहिबार विहान रंगेहात समातेको छ ।

टोलीले सेवाग्राहीबाट विहानै ५० हजार रुपैया लिएका जिल्ला नापी कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रकास साहलाई रंगेहात समातेको हो । जग्गाको कित्ताकाटमा क्षेत्रफल बढाएवापत भन्दै घुस लिएका कार्यालय प्रमुख साहलाई आवश्यक अनुसन्धानसहित कारवाहीका लागि नियन्त्रणमा लिएको टोलीले अघिल्लो दिनदेखिनै निगरानी बढाएको थियो ।

सर्लाही घर भएका साह गत साउन महिनादेखि कार्यालय प्रमुखमा हाजिर रहेका थिए । नापी र मालपोत कार्यालयमा व्यापक घुस लेनदेन हुने सर्बसाधारणको गुनासो बढिरहेको बेला उनी पक्राउ परेका हुन् ।

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबीच बार्गेनिङ चलेको स्रोतको दाबी छ । नक्शा सुधार गरेवापत २ लाख लिने सहमति भएको र ५० हजार पेश्कीवापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0