Thursday, May 21News That Matters

नाबालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

उदयपुर, चैत्र ७ गते । 

नाबालिकालाई जबरजस्ति बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–९ उत्तराई टोल निबासी २२ वर्षीय उमेश सदा पक्राउ परेको हो ।

गत चैत्र ४ गते ५ वर्षीया नाबालिकालाई जबरजस्ति बलात्कार गरी फरार रहेको सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार गरेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले आरोपी सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको सदालाई जबरजस्ति करणी कसुरमा म्याद थप गरी अनुसन्धान गरीरहेको जिप्रकाले जनाएको छ ।