Thursday, May 21News That Matters

सवै अदालत आइतबारदेखि दुई हप्ता बन्द हुने

पूर्णपुष्टि, चैत ७ गते । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि सवै अदालत बन्द हुने भएको छ । आज बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदो आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने नरोकिने निर्णय गरेको छ । यस बाहेकका अरु नियमित मुद्दाको सुनुवाइ भने आउँदो २२ गतेसम्मका लागि रोकेको सर्वोच्च अदालतले जनाएको छ ।