
पूर्णपुष्टि, चैत ७ गते ।
कोरोना भाइरस (कोभिड–१९) को स क्रमणबाट बच्नका लागी उच्च सतर्कता अपनाउदै नेपाल पर्यटन बोर्डले शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ ।
कोरोनाको जोखिम उच्च रहेकाले अर्कोे सूचना जारी नभईन्जेलसम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको जनाईएको छ ।
यो पनि पढ्नुस् ।
कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेपछि सवै अदालत बन्द हुने भएको छ । आज बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदो आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने नरोकिने निर्णय गरेको छ । यस बाहेकका अरु नियमित मुद्दाको सुनुवाइ भने आउँदो २२ गतेसम्मका लागि रोकेको सर्वोच्च अदालतले जनाएको छ ।
