
पूर्णपुष्टि, चैत ७ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वभरका ५ सय ४१ वटा खेल प्रभावित भएको छ ।
कोरोनाको कारण यूरोपका शीर्ष ५ लिगहरु स्थगित गरिएका छ भने यूरोकप, कोपा अमेरिका, च्याम्पियन्स लिग लगायतका खेलहरु प्रभावित भएको हो ।
यूरोपियन यूनियन अफ फुटबल संघले जुन ३० तारिखसम्म यूरोपियन क्लब फुटबल प्रतियोगिता सक्नु पर्ने जनाएको छ । कोरोनाका कारण खेलकुद गतिविधि रोकिँदा आर्थिक संरचनामा असर परेको छ ।
खेल नहुँदा लिगको ४.३३ बिलियन अमेरिकी डलर नोक्सान हुने भएको जनाईएको छ ।
