
भदौ १९ गते ।
नायिका पुजा शर्माले अभिनय गरेको चलचित्र ‘रामकहानी’ औषत रुपमा चलेपछि रिलिज हुन लागेका चलचित्रहरु चल्न आवश्यक छ । तर पुजाले अहिले निर्देशक सुदर्शन थापाको चलचित्र भन्दा बाहिरको ब्यानरमा आकर्षित भएका छिन् ।
नायिक पूजा नयाँ वर्षपछि विश्राम लिन पाएएकी छैनन् । पुजा एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । लण्डनमा छायाँकन भएको ‘सम्हालिन्छ कहिले मन’ पछि चलचित्र ‘पोई पर्यो काले’मा काम गरेकिछिन् ।
यसपछि अर्को नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम सुरु गरिसकेकी छिन् । यस चलचित्रको छायांकन सकेसँगै दार्जि्लिङका एक निर्माताले बनाउन लागेको चलचित्रमा काम गर्ने भएकि छिन् ।
पुजाले एकपछि अर्को गर्दै ४ वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ ।
