Wednesday, May 6News That Matters

मेयर र उपमेयरको झडपमा एक स्थानीयको मृत्यु

भदौ १९ गते । 

धनुषाका हंशपुर नगरपालिकाको कार्यालय सार्ने विवाद हुदा भएको झडपमा गम्भिर घाईते भएका एक स्थानियको मृत्यु भएको छ । घाईते नगरपालिका–२ निबासी ५५ वर्षीय तपेश्वर मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पालिकाको वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डलले आफु बस्दै आएको ३ नम्बर वडाको बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा २ समूहबीच गत साउन २१ गते झडप भएको प्रहरीले जनाएको छ  ।

प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिनापछि ज्यान गएको हो ।

घाइते मण्डलको ज्यान गएपछि उपमेयर पक्षले मेयरमाथि कारबाही गर्न माग गर्दै मंगलबार साँझ जनकपुर अञ्चल अस्पताल परिसरमै प्रदर्शन गरेका थिए ।