
भदौ १९ गते ।
कैलालीको धनगढीबाट चार थान हतियार सहित तीन जान पक्राउ परेका छन् । धनढी उपमहानगरपालिका–३ चटकपुरबाट केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरीको टोलीले पक्राउ परेका हुन्् ।
पक्राउ परेकाहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर, दुई थान कटुवा पेस्तोल र केही गरगहनासहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तर पक्राउ पर्नेहरुको परिचय खुलाईएको छैन ।
अनुसन्धानकै क्रममा भएकाले तत्काल परिचय खुलाउन नमिल्ने भएकाले नखुलाईएको प्रहरीले जनाएको छ । अनुसन्धान सकेपछि पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
