
१८ माघ २०८२ । उदयपुर
उदयपुरको बसाहामा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज चौथो दिन भएको अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ।
एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको हो।
खेलको ४३ औँ मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो । खेलको पहिलो हाफसँग दुवै तर्फबाट गोल बराबरी जिरोमा टुङ्गिएको थियो ।
आजको म्यान अफ दि म्याच एफएफका जर्सी नम्बर १५ का विवेक थापा मगर भए ।
भोलिको सेमिफाइनल खेल यङ ब्रदर क्लब इटहरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच हुनेछ । यो गोल्डकपको पहिलो सेमिफाइनल खेल हो ।
