
पूर्णपुष्टि, असोज २२
नारायणी नदीमा थप एउटा गैंडा मृत फेला परेको छ । नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
डुङ्गा गस्ती टोलीले बुधबार दिउँसो करिब १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको जनाईएको छ । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
पछिल्लो एक हप्तामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिसकेका छन् ।

