Friday, June 5News That Matters

नालीमा डुबेर १ जनाको मृत्यु

सुनसरी, असोज १२ गते ।

सुनसरीको रामधुनीमा नालिमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–५ भमरी चोक निबासी ४७ बर्षीय गोपाल गौतमको मृत्यु भएको हो ।

बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा स्थानीयले फेला पारेपछ प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थलप पुगी शव परिक्षणको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।