Wednesday, June 3News That Matters

नाली निर्माण गर्दा घर भत्कियो

पूर्णपुष्टि, चैत ९ ।
पाँचथरको फिदिम बजारको आहालगैरीस्थित मेची राजमार्गको नाली निर्माण गर्ने क्रममा एउटा घर भत्किएको छ । नाली निर्माणका लागि जग खन्ने क्रममा स्थानीय देवीप्रसाद अधिकारीको घर भत्किएको हो ।
अधिकारीको घरमा दुईवटा होटल सञ्चालन गरिएको थियो । घर भत्कदा एकजना सामान्य घाइते समेत भएका छन् । उक्त स्थानमा सञ्जीब निर्माण सेवा निर्माण कम्पनीले सडकमा विस्तारको काम गरिएको छ ।