Wednesday, June 17News That Matters

निःशुल्क मोतिविन्दु शल्यक्रिया आँखा शिविर

पूर्णपुष्टि,फागुन १७ । मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा निःशूल्क आँखा शिविर कार्यक्रम अन्तरगत मोतिविन्दु शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइकेयर फाउन्डेसनको सहयोग र नेपाल नेत्र ज्योति संघको समन्वयमा शिविर सम्पन्न भएको हो ।

निशुल्क आँखा शिविर कार्यक्रम अन्तरगत जिल्लाको त्रियुगा नगरपालिका वडा न.१४,बाट ५७ जनाको उपस्थितिमा ३० जनाले निशूल्क आँखाको शल्यक्रिया पाएका छन् । गत पुष १० गते वडा १४,साउनेमा निःशुल्क आँखा शिविरको कार्यक्रमको आयोजना गरिएको थियो । सोहि शिविर मार्फतबाट प्राथमिक उपचार पछि सल्यक्रिया गर्नु पर्ने अवस्थाका विरामीहरुलाई मदन भण्डारी आँखा अस्पताल उदयपुरमा ल्याई नि:शूल्क शल्यक्रिया गराईएको हो ।