
सुनसरी, असार २५
सुनसरीको बराहक्षेत्रमा निगुरो टिप्न जंगल गएका एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको हो ।
आज बिहान ६ बजे साथीहरुसंगै कोशी किनारामा निगुरो टिप्न गएको मेहता चिप्लीएर कोशीको पानीमा खस्दा घाईते भएको थियो । लडेर पानीमा खसेपछि साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
