
पूर्णपुष्टि, वैशाख ३० ।
सर्बसाधारण नागरिकहरुले निशेधाज्ञलाई पूर्णपालना गरी स्वास्थ्यको मापदण्ड अपनाएमा अवको एकहप्तासम्ममा उदयपुरलाई कोरोना संक्रमणबाट चेनब्रेक गर्न सकिने आकलन प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइको छ ।
प्रजिअ सेढाइका अनुसार जिल्लाको आठै पालिकामा एन्टिजेन किटमार्फत परिक्षण चलिरहेको छ । शंकास्पद विरामी र संक्रमितको कन्ट्राक टे«सिङमा परेकाहरुलाई परिक्षण भइरहेको छ । यसै आधारमा अवको एक हप्तामा नागरिकहरुले राम्ररी पालना गरिदिएमा संक्रमण घटाउदै लैजान सकिने आकलन गरिएको उहाँले बताउनुभयो ।
“जिल्लाबासीले निशेधाज्ञ र स्वास्थ्य मापदण्डलाई पूर्णपालना गरेको खण्डमा अवको एकहप्तामा संक्रमणलाई चेनब्रेक गर्नसक्छौं ।” प्रजिअ सेढाइको अनुरोध छ “सबैले पूर्णपालना गरिदिनुहोस् ।”
संक्रमणलाई चेनब्रेक गर्ने उद्देश्यका साथ अवको निशेधाज्ञ पूर्णरुपले कडाइ गरिने उहाँको भनाई छ । छ दिनअघि लागु भएको निशेधाज्ञ भोलि सकिदैछ । भोली सकिए लगत्तै लागु हुने गरी थप ७ दिनको लागि निशेधाज्ञ जारी हुने उहाँले जानकारी दिनुभयो ।
कोरोनालाई ख्यालख्याल गरेर लापरवाही गरेकै कारण देशमा संकट आइपरेको उहाँले बताउनुभयो । उदयपुरलाई यस्तो कठोर संकट आउन नदिन सबै नागरिकले सचेत र सतर्क हुनुपर्ने बताउनुभयो । निशेधाज्ञ पालना नगर्नेलाई कडा कारवाही हुने चेतावनी पनि वहाँको छ ।
