
पूर्णपुष्टि/उदयपुर, भदौ २८ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जारी गर्दै आएको निषेधाज्ञ आजबाट सकिएको छ । जेनजी आन्दोलनपछिको भड्किलो अवस्थालाई मध्येनजर गर्दै हरेक दिन लाउदै आएको निषेधाज्ञ अवस्था सामान्य बन्दै गएपछि आजदेखि हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । हिजो पूर्वप्रधानन्यायधिस सुशिलाकार्कीको नेतृत्वमा आन्तरिक सरकार गठन भएको छ । जेनजीको माग बमोजिम सरकार गठन भएकाले पनि भड्किलो अवस्था सामान्य बन्दै जाने आकलन गरिएको छ । सोही बमोजिम सुरक्षा ब्यवस्थालाई मध्येनजर गर्दै निषेधाज्ञ हटाउदै लगिएको हो । हरेक राती लगाउदै आएको कर्फ्यु समेत आजबाट हटाउन सक्ने प्रजिअ लुइटेलले बताउनुभयो ।
स्थिती सामान्य बन्दै गएसंगै गाईघाट बजार सामान्य अवस्थामा देखिएको छ । मानिसको चहलपहल, बजार सञ्जालन, पसल खुल्ला, यातायात सञ्चालन अन्य बेला जस्तै सञ्चालन भएका छन् । यद्यमी अझै पनि सुरक्षा चुनौतीका कारण सार्बजनिक यातायात भने पूर्णरुपले सञ्चालनमा आएका छैनन् । आप्mनै जिम्मामा केही सञ्चालन छन् । सुरक्षा चुनौतीकै कारण बन्द अवस्थामा रहेको बैंक क्षेत्र पनि धमाधम सञ्चालनमा अएका छन् ।
अवको शान्ति सुरक्षा र जनजीवन सामान्य हुनेमा सर्बसाधारण आशाबादी छन् । यद्यमी नेपाली सेना र अन्य सुरक्षा निकायले सुरक्षा ब्यवस्था भने कडा पारेका छन् ।
