Sunday, May 17News That Matters

निषेधाज्ञाको समयमा ६३ जिल्लामा ओरेकले गरेको सरवेक्षणले ६८० महिला तथा बालिकामाथि हिंसा भएको तथ्याङक सार्वजनिक

पूर्णपुष्टि, साउन ६

‘महिला पुर्नस्थापना केन्द्र’ ओरेकले निषेधाज्ञाको समयमा ६३ जिल्लामा ओरेकले गरेको सरवेक्षणले ६८० महिला तथा बालिकामाथि हिंसा भएको तथ्याङक सार्वजनिक गरेको छ । वैशाख १६ गते निषेधाज्ञा शुरुवात भएदेखि २०७८ असार ३१ गते सम्ममा घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, हत्या,मानव बेचविखन, आत्महत्या लगाएतका हिंसा महिला तथा बालिकामाथि भएको तथ्याङक ओरेकले सार्वजनिक गरेको हो ।

गएको २ हप्तामा मात्र (असार १६ देखि असार ३१ गते सम्म) १७६ जना महिला तथा बालिकामाथि हिंसा भएको तथ्याँकले देखाएको छ । निषेधाज्ञाको समयावधिमा अभिलेखिकरण भएका ६८० वटा घटनाहरुमध्ये सबैभन्दा बढी ३४१ वटा घरेलु हिंसाका घटनाको तथ्याँक संकलन भएका छन्, (५० प्रतिशत हिंसा घर भित्रै भएको ओरेकले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ । घरेलु हिंसाका घटना मध्ये १६८ वटा शारीरिक हिंसा (४९ प्रतिशत), ५८ वटा गालीगलौज वा मानसिक हिंसाका घटना (१७ प्रतिशत), ३७ वटा चारित्रिक आरोपका घटना (११ प्रतिशत) रहेका छन् ।

घटनाहरु ओरेकद्वारा सञ्चालन गरिएको २ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट अभिलेखीकरण गरिएको ओरेको सुचना अधिकारी एलिसा श्रेष्ठले बताउनुभयो ।