Thursday, November 14News That Matters
२९ कार्तिक २०८१, बिहीबार

निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण गर्ने मेडिकल सञ्चालक सहित ४ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक १५ । सुनसरीमा निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण गर्ने मेडिकल सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार स्थितमा रहेको सुभेक्षा मेडिकलका सञ्चालक ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका–८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका–३ का २१ बर्षिय विधान राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार उक्त मेडिकलबाट निषेधित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद भएसँगै चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । पक्राउ परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको डिएसपी दाहालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0