
पूर्णपुष्टि, साउन २४
मोरङको रतुवामाई नगरपालिका–४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका–७ बस्ने २२ बर्षीय युगल लिम्बु रहेका छन् ।
सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ साईकलमा सवार रहेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
