Tuesday, April 21News That Matters

नुन बढी मूल्यमा बेच्नलाई २ लाख जरिबाना

पूर्णपुष्टि, बैशाख १२ गते । 

तोकिएको मूल्य भन्दा बढी मूलयमा नुन विक्रि वितरण गर्ने कटवाल स्टोर्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख जरिवाना गरेको छ ।

बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले इमाडोलमा रहेको कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिबाना गरेको विभागले जनाएको छ ।

त्यस्तै मूल्यसूची नराखी जथाभाबी बिक्री गरेको भन्दै ज्ञानेश्वरमा रहेको राजेन्द्र मिट शप, इमाडोलमा रहेको मुकेश जुस तथा फलफुल पसल र बाबुलाल फलफुल तथा तरकारी पसल प्रत्येकलाई ५०–५० हजार रुपैयाँ जरिबाना गरेको विभागले जनाएको छ ।