Monday, April 20News That Matters

कीटणुनाशक ईन्जेक्सनले ट्रम्प आलोचित

पुर्णपुष्टि, बैशाख १२ गते ।

अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादास्पद भनाइका कारण फेरी आलोचित बन्नु परेको छ । शरीरमा कीटाणुनाशक ‘इन्जेक्शन’ दिएर कोरोना भाइरसको उपचार गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा अनुसन्धान गर्न सुझाब दिएपछि चिकित्सकीय समुदायले ट्रम्पको आलोचना गरेको हो ।

ट्रम्पले यूभी प्रकाशद्वारा रोगीहरुको शरीरमा विकिरण पठाउन प्रस्ताव गरेको थियो । यस उपायलाई एक डाक्टरले ब्रिफिङकै क्रममा खारेज गरिदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

कोरोना भाइरसको उपचारलाई लिएर ट्रम्पले दिएको सुझाब खतरनाक र हास्यास्पद रहेको जनाईएको छ ।

हिजो ह्वाइट हाउसमा कोरोना भाइरस कार्यदलसँगको छलफलमा एक अधिकारीले सरकारी अनुसन्धानको नतिजा प्रस्तुत गर्दै सूर्यको किरण र तातो मौसममा कोरोना भाइरस कमजोर हुने सङ्केत गरेको जनाईएको छ ।