
पूर्णपुष्टि, बैशाख १२ गते ।
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । आठ लाख ८६ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ । अहिलेसम्म ८५ हजार नौ सय २२ जना निको भईसकेका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २७ लाख २५ हजार तीन सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा मात्रै आठ लाख ८६ हजार सात भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएकोमा ५० हजार दुई सयभन्दा बढीको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ ।
विश्वभरि २७ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा सात लाख ४५ हजार आठ सय १९ जना उपचारपछि निको भएका छन् । १७ लाख ८८ हजारभन्दा धेरैको उपचार भइरहेको छ ।
