
पूर्णपुष्टि, असोज ३
नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला भेला गाईघाटमा भव्यताका साथ सम्पन्न भएको छ । पाटी गठन पछि पहिलो चोटी उदयपुरमा जिल्ला भेलाको आयोजना गरिएको थियो । जिल्ला भरीकै बिभिन्न पालिकाहरु बाट ठुलो संख्यामा कार्यकर्ता भेला भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटी उदयपुरको आयोजनामा पार्टी प्रवेश तथा कार्यकर्ता भेलाको कार्यक्रम राखिएको थियो । कार्यकर्ता भेला कार्यक्रममा नेकापा (एस) का केन्द्रीय सदस्य लगायतका नेताहरुले सम्वोधन गरेका थिए । पार्टीका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य घनेन्द्र बस्नेतको प्रमुख अतिथिमा केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडा, पार्टीका प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

