Wednesday, May 20News That Matters

नेकपा (विप्लब) परित्याग गरेका केदार राईले फेरी विज्ञप्ती निकाल्दै गरे मुद्दा फिर्ताको अपिल

पूर्णपुष्टि, असोज ६ ।

गएको भदौ १३ गते विज्ञप्ती निकालेर नेकपा (विप्लब) औपचारिक परित्याग गर्दै स्वतन्त्र नागरिक भएर जीवन ब्यतित गर्ने घोषणा गरेका केदार राईले आज फेरी विज्ञप्ती निकाल्दै आफुमाथि राज्यले लगाएको मुद्दा फिर्ताको अपिल गरेक छन् ।

उदयपुरको रौतामाई ३ लाफागाउँ निवासी राईले आस्थाका आधारमा आफुमाथि लगाइएको मुद्दा फिर्ता लिन अपिल गर्दै अव उप्रान्त नितान्त एक समाजसेवी र सामाजिक अभियान्ता मात्रै रहने आप्mनो निष्कर्ष रहेको जनाएका छन् । “आस्थाको आधारमा लगाइएको पूर्वाग्रह र प्रतिशोधयुक्त फौजदारी मुद्दा फिर्ताको लिन सरकारसंग सार्वजनिक अपील गर्दछु ।” उनले विज्ञाप्तीमा भनेका छन् ।

२०७५ पुस ८ गते उदयपुर जिल्ला कारागारबाट मुक्त भएपछि माघ ३ गते उच्च क्तचापबाट मस्तिष्कघात भएको र पार्टीमा निस्कृय बनेको विज्ञप्तीमा जनाएका छन् । आफु निर्दोष रहेको भन्दै उनले आफु अहिले कुनै पार्टीको सदस्य नरहेको र अवका दिनमा नरहनेसमेत स्पष्ट पारेका छन् । संविधानले प्रत्याभुत गरेको मौलिक हकको राज्यपक्षबाट पालना गराउन राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी, कानुन ब्यवसायीसंग सहयोगको अपिलसमेत गरेका छन् ।