Friday, May 22News That Matters

नेपालका ८० प्रतिशत संक्रमितहरु लक्षण बिनै पोजेटिभ

पूणर्पुष्टि, जेष्ठ, १८

नेपालमा हाल सम्म १४ सयको हाराहारीमा कोरोना संक्रमित फैलिएको छ । देशभर परिक्षणको क्रममा हाल संक्रमितहरुको संख्या १४ सय १ पुगेको हो । नेपालमा कोरोनो संक्रमणको पुष्टि हुने आधिकांश व्यक्तिहरुमा कुनै लक्षण नै नदेखाएको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार संक्रमितहरु मध्य ८० प्रतिशतमा कोरोनाको कुनै लक्षण नै नभएको बताउँछन् । संक्रमितहरु मध्ये केहिलाई मात्र रुघाखोकी लाग्ने गरेको देखिएको छ ।

हाल नेपालमा ६ जनाको मृत्यु भइसकेको भएता पनि उनिहरुमा पनि पहिले देखि जटिल रोगहरु रहेको थियो । ६ मध्ये आधा जतिमा निमोनिया देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हरेक दिन पत्रकार सम्मेलनमा थोरै मात्र लक्षण देखिएको केस रहेको बताउँदै संक्रमितहरूको अवस्था जटिल नरहेको औंल्याउने गरेका छन् ।

वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार अस्पतालमा शुक्रबारसम्म भर्ना भएका कोरोनाका १ सय ११ जना बिरामीमध्ये कसैलाई पनि लक्षण देखिएको छैन । ‘हामीकहाँ भर्ना भएका कोरोनाका सबै एसिम्प्टोम्याटिक (लक्षणविहीन) बिरामी हुन्,’ उनले भने, ‘उहाँहरूमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, पेटसम्बन्धी समस्या देखिए पनि कोभिडको कुनै लक्षण देखिएन ।’

विभिन्न कारणले बिरामी परेर अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरूमा पहिलेकै विभिन्न स्वास्थ्य समस्याले गर्दा शरीर कमजोर बनाइरहेको भ्रम पनि छ । ‘उहाँहरू आफू पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्याले गर्दा कमजोरी अनुभव गरेको ‘डालिमा’ मा देखिनुहुन्छ,’ डा.अधिकारी भन्छन् ।

यस्तै कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्रले विराटनगरको कोभिड उपचार केन्द्रमा उपचारार्थ आएका ६४ जना संक्रमितमध्ये ६२ जना एसिम्प्टोम्याटिक (लक्षणविहीन) रहेको जानकारी दिइन् । संक्रमितमध्ये २ जनामा अत्यन्त सामान्य श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताउँदै उनले भनिन्, ‘उनीहरूमा कोभिडको कारण वा पहिलेदेखि नै श्वासप्रश्वासमा समस्या देखिएको थियो भन्नेबारे हामी थप जानकारी लिँदै छौं ।’

डब्लूएचओका अनुसार कोरोना संक्रमितमध्ये करिब ८० प्रतिशत बिरामी अस्पतालको उपचारबिना नै आफैं निको बताएको छ । तर संक्रमित ५ मध्ये एक जना गम्भीर रूपले बिरामी पर्छन् र सास फेर्नमा समस्या देखिन्छ । ज्वरो र सुक्खा खोकीसँगै सास फेर्न समस्या भएका, छाती दुखाइरदबाब, वा बोल्न नसक्नु वा हिँड्डुल गर्न नसक्ने स्थिति देखिए तुरुन्त स्वास्थ्य संस्थामा डब्लुएचओको सल्लाह छ । वृद्घ, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी समस्या, मधुमेह, क्यान्सरलगायत विभिन्न चिकित्सा समस्या भएकाहरू कोरोना संक्रमणले गम्भीर रूपले बिरामी हुन सक्ने जोखिम उच्च पनि डब्लुएचओल जनाएको छ ।

चिकित्सकहरूका अनुसार बाहिरी लक्षण नदेखिएकाहरूलाई ‘होम क्वारेन्टाइन’ मै राख्दा हुने भए पनि सतर्कताका लागि अस्पतालको आइसोलेसनमा पठाउने गरिएको बताउँछन ।