Sunday, June 28News That Matters

नेपालको इतिहासमा धेरै डढेलो

पूर्णपुष्टि, चैत ३० 

यस वर्ष नेपालमा इतिहासकै धेरै डढेलो लागेको छ । गत कात्तिक महिनादेखि हिजोसम्म देशभरका ४ हजारभन्दा धेरै ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

नेपालमा डढेलोको रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै यस वर्ष डढेलो गएको प्राधिकरणले जनाएको छ । यसपटक सात प्रदेशका ७७ वटै जिल्लामा डढेलो लागेको छ ।

डढेलोबाट पाँच जनाको ज्यान गएको छ भने हजारौँ पशुपक्षी तथा हजारौँ हेक्टर जमिनमा क्षति पुगेको छ । कति क्षेत्रफल जमिनमा डढेलो लाग्यो भनेर तथ्याङ्क सङ्कलनको काम भइरहेको जनाएको छ ।

६० प्रतिशत ठाउँमा मान्छेले जानाजान डढेलो लगाएको, ३० प्रतिशत ठाउँमा लापरबाहीका कारण र १० प्रतिशत ठाउँमा सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलो लाग्ने गरेको प्राधिकरणले जनाएको छ ।

मानवीय लापरबाही देखिएकाले जानाजान डढेलो लगाउनेलाई तत्कालै कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । सहर नजिकै र मानवीय तथा भौतिक क्षति धेरै हुने ठाउँमा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रणको अभ्यास सुरु गरिएको छ ।

डढेलोका कारण वन मासिने, वन्यजन्तु लोप हुने, र बाक्लो तथा हानिकारक धुवाँका कारण हिमालको हिउँ समेत छिटै पग्लने जस्ता गम्भीर र दीर्घकालीन असरको जोखिम रहेको जनाएको छ ।