
पूर्णपुष्टि, जेष्ठ, १
नेपाल आउन पाइने हल्ला सुनेपाछि नेपालीहरु भारतबाट नेपालगन्जको नाकामा घुइचो लागेको छ । लकडाउनमै नेपाल फर्कनु पाउने हल्ला चलेपछि उनिहरु नाका स्थित नेपाल आउने प्रयासमा घुइचो लागेको हो ।
भारतका विभिन्न सहरबाट घर फर्किने क्रममा क्वारेन्टाईनमा राखिएका करिब पाँच सय नेपालीहरुलाई नेपालगन्ज ल्याउने भनिएको थियो । कोहलपुर नगरपालिकालगायतका क्वारेन्टाइनमा रहेका दुई सय बढी भारतीय नागरिकहरुलाई पनि भारतीय सुरक्षा अधिकारीहरुलाई बुझाईने तयारी थियो ।
तर, हल्लैहल्लाले भिड बढेपछि सुरक्षाकर्मीहरुलाई भिड सम्हालन धौधौ भएको छ । दुवै मुलुकका सुरक्षा अधिकारीबीच एकअर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएको थियो ।
तर, घर फिर्तीको हल्लाले भारतका विभिन्न सहरबाट सर्वसाधारण सीमामा जम्मा भएका छन् । नेपालतर्फ आएका नागरिकको आरडीटी जाँच र क्वारेन्टाईनमा नाम अभिलेखीकरण भइरहेको छ । सीमामा दुई हजारभन्दा बढी नेपाली आइपुगेको एक प्रहरी अधिकृतले बताए ।
सुरक्षा अधिकारीहरुका अनुसार दुवै मुलुकका नागरिक जान पाउने भन्ने हल्लाले मानिसहरु सीमामा आइपुगेको जनाएका छन् ।
