
पूर्णपुष्टि, जेठ २ गते ।
आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर–१, ३ र ५ का २५, २५, १८, २०, २२, २७, ३२ र ३६ वर्षीय पुरुष र मकवानपुरका ३७ वर्षीय पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको हो ।
हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

