Wednesday, July 1News That Matters

विश्वभारका कोरोना संक्रमितमध्ये १७ लाखभन्दा बढी उपचारपछि निको भए

पूर्णपुष्टि, जेठ २ गते ।

विश्वको विभिन्न देशका कोरोना संक्रमितमध्ये १७ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म ४५ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएका माध्ये १७ लाख १ सय ७४ जना उपचारपछि निको भएको वर्ल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट ३ लाख ३ हजार जनाको मृत्यु भएको जनाएको छ । सबैभन्दा बढी अमेरिकामा मात्रै साढे ८६ हजार भन्दा बढीको मृत्यु भएको छ भने साढे १४ लाख भन्दा बढी संक्रमित भएको जनाएको छ ।

अहिले भारतमा संक्रमितको संख्या ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बरिब ४ हजार नयाँ बिरामी थपिएको थियो । साढे २ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।