Wednesday, July 1News That Matters

डिजेलमा पानी मिसाउने सिद्धार्थलाई २ लाख जरिबाना

पूर्णपुष्टि, जेठ २ गते ।

डिजेलमा पानी मिसाउने भक्तपुरको सिद्धार्थ फ्यूल सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । गुणस्तर तथा नापतौल विभागले डिजेलमा पानी मिसाउने मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेको फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो ।

गत वैशाख १८ गते फ्यूलले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त टोलीले अनुगमन गरी फ्यूल बन्द गरेको थियो ।

अनुगमन गरी परिक्षणको लागी गुणस्तर विभागमा पठाइएको थियो । नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि फ्यूललाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।