Thursday, July 2News That Matters

सिमा क्षेत्रमा अलपत्र परेका ७ सय नेपाली नेपाल भित्रिए

पूर्णपुष्टि, जेठ २ गते । 

मध्य रातमा भारतीय सीमावर्ती क्षेत्रमा रोकिएका करिब सात सय नेपाली नेपाल प्रवेश गरेका छन् । सिमावर्ती क्षेत्र भारतको नानपारा लगायतका ठाँउमा रोकिएका करिब  सात सय नेपाली बिहीबार मध्यरातमा जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

भारतबाट नेपाल प्रवेश गरेका नागरिकको नाकामा आरडीटी जाँच सुरु गरिएको प्रहरीले जनाएको छ । जाँचपछि बाहिरी जिल्लाकालाई सम्बद्ध जिल्ला पठाउने र बाँकेकालाई यहीँ क्वरेन्टीनमा राखिने जनाईएको छ ।

अन्य नाकाबाट पनि डेढ सय नागरिक भित्रिएको छ भने नाकामा रहेका नेपालीको व्यवस्थापनको काम भइरहेको जनाईएको छ ।

त्यस्तै विभिन्न स्थानमा रहेको क्वरेन्टीन र बाँकेका विभिन्न ठाउँको क्वरेन्टीनमा रहेका इँटा उद्योगमा कार्यरत र अन्य कामले यहाँ फसेका एक हजार चार सय भारतीय नागरिकलाई पनि बिहीबार राति उनीहरुको देश पठाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।