
पूर्णपुष्टि, असार ४ । नेपालभर नै भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन रोकिएको छ । ‘आदिपुरुष’ को नेपाल वितरण कम्पनि ब्यांकटेस फिल्म्सले सोमबारदेखी देशव्यापी प्रदर्शनमा रोक लगाएको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको र सबैतिर फिल्मको प्रदर्शन रोकिएको जानकारी दिए ।
काठमाण्डौँ महानगरका हल व्यवसायीहरुले महानगरको आधिकारीक पत्र बिनै फिल्मको प्रदर्शन रोकेकोमा आपत्ती जनाउँदै उतार्ने निर्णय भएको बताए । उनले भने ‘हल व्यवसायीले नै आधिकारिक पत्र बिना, फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु जरुरी छैन्’ । चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ ।
काठमाडौं महानगरका मेयर बालेद्र शाहले जानकी भारतकी छोरी हुनु भन्ने शब्द भारतमा सच्याउन तिन दिनको अल्टिमेटम दिएका थिए । आईतबार अल्टिमेटम सकिदा पनि नसच्याएपछि उनले सोमबार देखी भारतीय फिल्ममा रोक लागएका हुन् । काठमाडौं महानगरका मेयर बालेद्र शाहको निर्देशनमा महनगरका प्रहरीले आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएको थियो भने सोमबारदेखी हल व्यवसायीले १७ वटै हल बन्द गरेका छन् ।
