
पूर्णपुष्टि, भदौ १७
नेपालमा आज थप एक हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ ।
अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।
