Sunday, May 17News That Matters

काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

पूर्णपुष्टि, भदौ १७

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थिपएको छ ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको हो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले एक हप्ता थपिएको निषेधाज्ञा अझ कडाइ गर्ने निर्णय गरेको जनाएको छ । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने जनाईएको छ ।

उपत्यकामा गत ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पु¥याइएको थियो ।