Saturday, May 16News That Matters

वैदेशिक रोजगार बोर्डबाट दिने आर्थिक सहायता भदौभर बन्द

पूर्णपुष्टि, भदौ १७ 

कोरोना महामारीको कारण वैदेशिक रोजगार बोर्डबाट दिईने आर्थिक सहायता भदौ महिनाभर बन्द भएको छ ।

कोरोनाको महामारीले गर्दा सरकारले पास दिन रद्द गरेपछि बोर्डले सूचना निकालेर आर्थिक सहायता प्रदानको काम भदौ मसान्तसम्म बन्द गरिएको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, अंगभंभ वा बिरामी भएका श्रमिक र उनका परिवारलाई आर्थिक सहायता बोर्डबाट प्रदान हुँदै आएको छ । आर्थिक सहायता दिने काम अहिलेलाई बन्द गरिए पनि आफ्नो पालिकामार्फत आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ ।

आवश्यक कागजातसहित सम्बन्धित व्यक्तिले पालिकामार्फत निवेदन दिन र त्यो निवेदन बोर्डमा पठाउन पालिकाहरुलाई बोर्डले अनुरोध गरेको छ । तर अहिले विदेशमा नेपाली लिन गएका चार्टर्ड जहाजमार्फत नेपालीको शव पनि आइरहेको छ ।

मंगलबारदेखि केहि देशमा नियमित अन्तर्राष्ट्रिय उडान खुलेको छ । यो समयमा विमानस्थलबाट बोर्डले घरसम्म निःशुल्क शव ढुवानी गरिदिने कार्य गरिरहेको जनाएको छ ।

निषेधाज्ञाका कारण आफन्त विमानस्थलमा शव बुझ्न आउन नपाएमा बोर्ड आफैंले शव बुझेर घरसम्म पु¥याइरहेको छ । यसबारेमा थप बुझ्न परेमा श्रम कलसेन्टरको नम्बर ११४१ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।